समृद्ध खप्तडछान्नाको आधार:

कृषि, पर्यटन र पूर्वाधार

header AD

मालुमेला सेती नदी अर्ध-जलाशययुक्त जलविद्युत आयोजना, ७९ मे.वा. को वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनको सार्वजनिक सुनुवाइ सम्बन्धी सार्वजनिक सूचना

श्री माता मालिका इनर्जी मल्टिपर्पज प्रा. लि. द्वारा सुदूरपश्चिम प्रदेश अन्तर्गत अछाम जिल्लाको ढकारी गाउँपालिका वडा नं. १, २ र ६, बान्नीगढी जयगढ गाउँपालिका वडा नं. १ र ४, मंगलसेन नगरपालिका वडा नं. ५, ६, ७, ८ र ९ तथा साँफेबगर नगरपालिका वडा नं. १, २ र ३ मा पर्ने सेती नदीको पानी प्रयोग गरी ७९ मे.वा. जडित क्षमता भएको मालुमेला सेती नदी अर्ध-जलाशययुक्त जलविद्युत आयोजना प्रस्ताव गरिएको छ।

यस आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कनको क्षेत्र निर्धारण तथा कार्यसूची प्रतिवेदन वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत भई सकेको छ। उक्त स्वीकृत प्रतिवेदनमा आयोजनाको जडित क्षमता ७९ मे.वा., उचाइ [अस्पष्ट] उल्लेख गरिएको थियो र आयोजनाको विस्तृत अध्ययन अनुसार आयोजनाको जडित क्षमता ७९ मे.वा. कायम भएको छ।

यस आयोजनाको कार्यान्वयनबाट हुनसक्ने प्रभाव सम्बन्धमा स्थानीय सरोकारवालाहरु, सरकारी कार्यालय तथा संघ/संस्था र व्यक्तिहरुबाट राय/सुझाव प्राप्त गर्ने उद्देश्यले निम्न मिति, समय र स्थानमा सार्वजनिक सुनुवाइ कार्यक्रम राखिएकोले सो सम्बन्धी सूचना प्रकाशित गरिएको छ। उक्त कार्यक्रममा सम्बन्धित संघ/संस्था र सरोकारवालाको पायक पर्ने स्थानमा उपस्थितिको लागि आमन्त्रण गरिएको छ। आयोजनाका कार्यान्वयनका कारण प्रभावित घरधुरीहरुको विवरण/सूची प्रभावित वडा कार्यालयमा टाँस गरिएको छ।


सम्बन्धित कागजातहरू

सि.नं. शीर्षक अपलोड मिति फाइल प्रकार डाउनलोड
1 notice ७ मंसिर, २०८३ JPG