समृद्ध खप्तडछान्नाको आधार:

कृषि, पर्यटन र पूर्वाधार

header AD

अस्पताल उद्घाटन कार्यक्रममा उपस्थित भईदिने सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा यस खप्तडछान्ना गाउँपालिकाद्वारा निर्माण गरिएको खप्तडछान्ना आधारभूत अस्पतालको समुद्घाटन कार्यक्रम निम्न मिति, समय र स्थानमा आयोजना गरिएको हुँदा गाउँपालिकाका जनप्रतिनिधिहरू, कर्मचारीहरू, राजनीतिक दलका प्रतिनिधिहरू, सुरक्षा निकाय, विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधिहरू, शिक्षक, स्वास्थ्यकर्मी, बुद्धिजीवी, उद्यमी, व्यापारी, पत्रकार तथा सम्पूर्ण गाउँपालिकाबासी आमा बुवा, दाजुभाइ तथा दिदीबहिनीहरूको गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ।

तपसिल

  • कार्यक्रम: खप्तडछान्ना आधारभूत अस्पताल समुद्घाटन।
  • मिति: २०८३ श्रावण १ गते शुक्रवार।
  • समय: बिहान ठीक १० बजे।
  • स्थान: खप्तडछान्ना गाउँपालिका आधारभूत अस्पताल परिसर।

सम्बन्धित कागजातहरू

सि.नं. शीर्षक अपलोड मिति फाइल प्रकार डाउनलोड
1 notice-regarding-attending-the-hospital-inauguration-program ३१ असार, २०८३ JPG