विपद् वा आपतकालीन अवस्थामा तुरुन्त नजिकको वडा कार्यालय, गाउँपालिकाको कार्यालय वा प्रहरी/विपद् व्यवस्थापन समितिलाई खबर गर्नुहोस्।
गाउँपालिकाको सूचना पाटी, वडा कार्यालय तथा आधिकारिक वेबसाइट /सामाजिक सञ्जाल पृष्ठबाट सूचना हेर्न सकिन्छ।
गुनासो तथा सुझाव कार्यालयमा प्रत्यक्ष रूपमा, हेलो सरकार मार्फत, नागरिक एप मार्फत, लिखित निवेदनमार्फत वा आधिकारिक सम्पर्क माध्यमबाट दिन सकिन्छ। प्राप्त गुनासो सम्बन्धित शाखा वा कार्यालयबाट सम्बोधन गरिन्छ।
घर नक्सा पास गर्न जग्गाधनी प्रमाणपुर्जा, नागरिकता, चारकिल्ला प्रमाणित तथा प्राविधिक नक्सा सहितको आवेदन गाउँपालिकामा दिनुपर्छ।
व्यवसाय दर्ताका लागि आवेदन, नागरिकता प्रतिलिपि, व्यवसायको विवरण र आवश्यक कागजातसहित गाउँपालिका कार्यालयमा सम्पर्क गर्नुपर्छ।
गाउँपालिकाको शिक्षा शाखामा विद्यालय, छात्रवृत्ति तथा शैक्षिक कार्यक्रम सम्बन्धी जानकारी पाइन्छ।
गाउँपालिकाभित्रका स्वास्थ्य चौकी तथा स्वास्थ्य संस्थाहरूबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध हुन्छ।
कृषि तथा पशु सेवा शाखाबाट कृषक दर्ता, बीउ–बिजन तथा प्राविधिक सहयोग र पशु स्वास्थ्य सेवा जस्ता सेवा उपलब्ध गराइन्छ।
सम्बन्धित वडा कार्यालयमा नागरिकता, परिचय खुल्ने कागजात र आवश्यक सिफारिससहित दर्ता गर्नुपर्छ।
नागरिकता सिफारिसका लागि आवेदन, बाबु/आमाको नागरिकता प्रतिलिपि, जन्म दर्ता (भए) तथा फोटोसहित वडा कार्यालयमा सम्पर्क गर्नुपर्छ।
गाउँपालिकाको कार्यालय बिहान १०:०० बजे देखि बेलुकी ५:०० बजे सम्म खुला हुन्छ, शनिबार र आईतबार सार्वजनिक बिदा हुन्छ।