समृद्ध खप्तडछान्नाको आधार:

कृषि, पर्यटन र पूर्वाधार

header AD

आर्थिक वर्ष २०८३|०८४ मा हुने खरिद कार्यमा सहभागी हुन सूचिकृत हुने सम्बन्धी सूचना

यस खप्तडछान्ना गाउँपालिका गाउँकार्यपालिकाको कार्यालयको लागि आ.व. २०८३/०८४ मा आवश्यक पर्ने सामान तथा सेवा खरिद गर्न सार्वजनिक खरिद ऐनको दफा ६(क) तथा सार्वजनिक खरिद नियमावली २०६४ को नियम १८ (संशोधन सहित) मा भएको कानूनी व्यवस्था बमोजिम तपसिलको कार्य गर्न ईच्छुक व्यक्ति, फर्म, संस्था वा कम्पनीले आ.व. २०८२/०८३ को व्यवसाय नविकरण भएको प्रमाणपत्र, करचुक्ता प्रमाणपत्र, स्थायी लेखा नम्बर र मुल्य अभिवृद्धि करमा दर्ता भएको प्रमाणपत्र सहित सार्वजनिक खरिद नियमावली २०६४ को अनुसूची २ (क) बमोजिमको ढाँचामा निवेदन दिनहुन र आ.व. २०८३/०८४ मा समेत अध्यावधिक गर्न चाहने व्यक्ति, फर्म, संस्था वा कम्पनीले आ.व. २०८२/०८३ को करचुक्ता प्रमाणपत्र र व्यवसाय नविकरणको प्रमाणपत्रको फोटोकपी संलग्न गरी यो सूचना प्रकाशित भएको मितिले 30 दिन भित्र नियमानुसार निवेदन दिनहुन जानकारी गराइन्छ ।