संगठनात्मक संरचनामा फर्कनुहोस्
मूल विभाग
कर्मचारी प्रशासन शाखा
कार्य विवरण
- कर्मचारीहरुको स्थायी, अस्थायी, करार रिक्त पदहरुको पदपूर्ति सम्बन्धी कार्यहरू ।
- नयाँ नियुक्ती र बढुवा भई आएका कर्मचारीहरुको पदस्थापन सम्बन्धी कार्यहरू ।
- कर्मचारीहरुको सरुवा तथा काज सम्बन्धी कार्यहरू ।
- कार्यरत कर्मचारीहरुको हाजिरि अभिलेख, घर विदा, अध्ययन विदा, असाधारण विदा, अनिवार्य अवकाश तथा स्वेच्छीक राजीनामा तथा कारवाही सम्बन्धी कार्यहरू ।
- कार्यालयको कर्मचारी समूहको दरबन्दीको लगत तथा सो दरबन्दीमा कार्यरत कर्मचारीहरुको व्यक्तिगत अभिलेख अद्यावधीक गर्ने कार्यहरू,
- कर्मचारीहरुको कार्यसम्पादन मुल्याङ्कन सम्बन्धी कार्यहरू,
- कार्यरत कर्मचारीहरुलाई विभिन्न पुरस्कार तथा पदकका लागी सिफारीश सम्बन्धि कार्यहरू,
- निजामति सेवा ऐन तथा नियमावलीअनुसार स्वीकृत दिने सम्बन्धी कार्यहरू,
- संगठन व्यवस्थापन सर्वेक्षण समितिको बैठक आयोजना गर्ने, संगठन व्यवस्थापन सर्वेक्षण प्रतिवेदन तयार गर्ने, स्वीकृत भएपछि कार्यान्वयनका लागी सम्वन्धित निकायमा लेखी पठाउने।
- गाउँपालिकामा बन्ने ऐन, कानुन, नियमावली, कार्यविधि, गाउँपालिका राजपत्र प्रकाशन सम्बन्धि कार्यहरु ।
- कर्मचारीहरुको अभिलेख व्यवस्थापन ।
- अन्य शाखा¸ उपशाखाका तथा इकाईहरुको जिम्मेवारीमा नपरेका सबै कामहरु गर्ने ।
- प्रचलित कानून बमोजिम सम्पादन गर्नु पर्ने कार्यहरु ।
- आफ्नो शाखाबाट सम्पादनहुने क्रियाकलापहरुको वार्षिक कार्ययोजना तयार गर्ने ।
- गाउँपालिकाबाट त्रैमासिक रुपमा प्रकाशन हुने स्वत प्रकाशनको लागि प्रत्येक ३/३ महिनाको कार्य प्रगति तयार गर्ने ।