संगठनात्मक संरचनामा फर्कनुहोस्
मूल विभाग
कृषि तथा पशु सेवा शाखा
कार्य विवरण
कृषि शाखा तर्फ
- कृषि प्रसार तथा जनशक्तिको प्रक्षेपण व्यवस्थापन र परिचालन गर्ने ।
- कृषकहरुको क्षमता अभिवृद्धि प्राविधिक सेवा टेवा सीप विकास र सशक्तिकरण गर्ने।
- कृषि बिउविजन नश्ल मलखाद र रसायन तथा औषधिहरुको आपूर्ति उपयोग गर्ने ।
- कृषक समूह कृषि सहकारी र कृषि सम्बन्धी सङ्घ संस्थाहरुको समन्वय व्यवस्थापन गर्ने ।
- कृषि सम्बन्धी प्रविधिको संरक्षण र हस्तान्तरण गर्ने ।
- कृषि सम्बन्धी सूचना प्रचारप्रसार गर्ने ।
- गाउँपालिका स्तरका स्रोत केन्द्रहरुको विकास र व्यवस्थापन गर्ने ।
- प्राङ्गरिक खेति तथा मलको प्रर्वद्धन र प्रचार प्रसार गर्ने ।
- विभिन्न सिविरहरु सञ्चालन गर्ने ।
- किसान सूचिकरणको कार्यलाई प्रभावकारी बनाउने ।
- आफ्नो शाखाबाट सम्पादनहुने क्रियाकलापहरुको वार्षिक कार्ययोजना तयार गर्ने ।
- गाउँपालिकाबाट त्रैमासिक रुपमा प्रकाशन हुने स्वत प्रकाशनको लागि प्रत्येक ३/३ महिनाको कार्य प्रगति तयार गर्ने ।
पशु शाखा
- कृषि तथा पशुजन्यक्षीजन्य प्राकृतिक प्रकोप तथा महामारी रोगको नियन्त्रण गर्ने ।
- पशुनश्ल सुधार पद्धतिको विकास र व्यवस्थापन गर्ने ।
- स्थानिय चरन तथा खर्क विकास र व्यवस्थापन गर्ने ।
- पशु आहारको गुणस्तर नियमन गर्ने ।
- पशुपक्षी सम्बन्धी तथ्याङ्कको व्यवस्थापन र सूचना प्रणाली प्रयोग गर्ने ।
- पशु बधशाला र शित भण्डारणको व्यवस्थापन गर्ने ।
- पशुपक्षी सम्बन्धी बिमा र कर्जा सहजिकरण गर्ने ।
- पशुपालन तथा पशु स्वास्थय सम्बन्धी अन्य कार्य गर्ने ।
- पशु उपचार सम्वन्धी घुम्ति सिविरहरु सञ्चालन गर्ने ।
- आफ्नो शाखाबाट सम्पादनहुने क्रियाकलापहरुको वार्षिक कार्ययोजना तयार गर्ने ।
- गाउँपालिकाबाट त्रैमासिक रुपमा प्रकाशन हुने स्वत प्रकाशनको लागि प्रत्येक ३/३ महिनाको कार्य प्रगति तयार गर्ने ।