संगठनात्मक संरचनामा फर्कनुहोस्
मूल विभाग
रोजगार, शिप तथा उद्यमशिलता शाखा
कार्य विवरण
- स्थानीय तहभित्र रहेका बेरोजगार व्यक्तिको तथ्यांक संकलन तथा विश्लेषण गरी बेरोजगारको सूची अद्यावधिक गर्ने ।
- सूचीकृत तथा कामका लागि पारिश्रमिकमा आधारित आयोजनाहरुमा खटिएका श्रमिकहरुलाई परिचय–पत्र उपलब्ध गराउने ।
- स्थानीय तहभित्र उपलब्ध रोजगारीका अवसरहरुको पहिचान गरी सोको सूचना प्रवाह गर्ने ।
- स्थानीय तह भित्रको रोजगारीको सम्भाव्य स्थिति विश्लेषण गरी रोजगारीको तथ्यांक संकलन गर्ने रोजगार नक्सांकन गर्ने तथा रोजगारीका अवसरको अभिलेखांकन गर्ने ।
- प्रधानमन्त्री रोजगार कार्यक्रम युवा रोजगारिका लागि रुपान्तरण पहल आयोजना तथा मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तरगतका गतिविधिहरु सूचना प्रणालीमालाई प्रविष्टि गर्ने ।
- रोजगारदाताका लागि श्रमिकको उपलब्धताको सम्भाव्यता जानकारी गराउने ।
- रोजगारदाताबाट माग भए बमोजिम सूचीकृत बेरोजगार व्यक्तिलाई रोजगारीका लागि काममा जान सूचित गर्ने ।
- बेरोजगारहरुको ज्ञान, सीप, अनुभव, क्षमता र बजारको मागका आधारमा आवश्यक पर्ने सीप विकास तालिमको पहिचान गरी सम्बन्धित तालिम केन्द्रमा सिफारिस गर्ने ।
- आफ्नो कामकारवाहीको बारेमा नियमित रुपमा सम्बन्धित गाउँकार्यपालिकामा प्रतिवेदन पेश गर्ने ।
- ऐन तथा यस नियमावली बमोजिम आफूले गरेका काम कारबाहीको सम्बन्धमा मन्त्रालयले तोकेको ढाँचामा मन्त्रालय र प्रदेशको रोजगारी सम्बन्धी विषय हेर्ने मन्त्रालयमा मासिक रुपमा प्रतिवेदन पठाउने ।
- आफ्नो कार्यक्षेत्रभित्रबाट वैदेशिक रोजगारीमा जान चाहनेका लागि सूचना सम्प्रेषण गर्ने ।
- वैदेशिक रोजगार प्रवद्र्धन बोर्डबाट उपलब्ध गराइने आर्थिक सहायता वितरण सम्बन्धी कार्यमा सहयोग पुर्याउने ।
- रोजगार सम्बन्धी सरोकारवालालाई आवश्यक अन्य सेवा प्रदान गर्ने ।
- बेरोजगारहरुको विवरण अध्यावधिक गर्ने¸ नयाँ वेरोजगार दर्ताका लागि सूचना प्रणालीमा प्रविष्ट गर्ने ।
- कामका लागि पारिश्रमिकमा आधारित आयोजनाहरुको अनुगमन तथा । आफ्नो शाखाबाट सम्पादनहुने क्रियाकलापहरुको वार्षिक कार्ययोजना तयार गर्ने ।
- सहभागीहरु र जनप्रतिनिधी बीचमा कार्यक्रम सम्बन्धी औपचारिक अभिमुखिकरण कार्यक्रम गर्ने ।
- सहभागीहरुको सहभागीतामा उनिहरुको बस्तीमा गएर श्रोत सम्भाव्यता अध्ययन तथा सम्भाबित लघु उद्यम को पहिचान गर्ने ।
- घरधुरी सर्वेक्षण फाराम ए ,बी भर्ने र तथ्याङक संकलन गर्ने ।
- उधमशिल्ता तालिम मार्फत व्यवसाय सचेतना ,व्यवसाय सुरु तथा लैंगिक समानता तथा सामाजीक समाबेशीकरण तालिम सम्पन्न गर्ने
- उद्यमीहरुलाई उद्यम छनौट गर्न लगाउने तथा समुह गठन गर्ने ।
- छनौट भएका व्यवसाय सम्बन्धी सीप बिकास तालिम संचालन गर्ने
- उद्यमी समुहहरुलाई प्रबिधि हस्तान्त्रण गर्ने ।
- भईरहेका उद्यमीहरुको तथ्याङक संकलन गरि आवश्यकक्ता हेरी प्रबिधी हस्तान्त्रण ,तथा पुर्नताजकी तालिम संचालनमा ल्याउने अथवा स्त्तरोन्न्ती गर्ने ।
- उद्यमीहरुलाई व्यवसाय संचालनका गर्न ऋण प्र्रवाह गर्नको लागी बित्तीय संघ संस्थाहरुसंग सहजीकरण तथा दुई पक्ष बिच अन्र्तक्रिया तथा सहकार्य गराउने ।
- उद्यमीहरुले उत्पादन तथा तयार गरेका बस्तुहरु बजारीकरण, बिक्री बितरण गर्न बिभिन्न स्थानिय सरकारी गैह्र सरकारी संघ संस्था संग सहजीकरण गर्ने ।
- उद्यमीहरुलाई आवश्यक्ता अनुसार व्यावसायिक परामर्श उपलब्ध गराउने ।
- आफ्नो शाखाबाट सम्पादनहुने क्रियाकलापहरुको वार्षिक कार्ययोजना तयार गर्ने ।
- गाउँपालिकाबाट त्रैमासिक रुपमा प्रकाशन हुने स्वत प्रकाशनको लागि प्रत्येक ३र३ महिनाको कार्य प्रगति तयार गर्ने ।