संगठनात्मक संरचनामा फर्कनुहोस्
मूल विभाग
पूर्वाधार विकास शाखा
कार्य विवरण
- सडक मापदण्ड निर्धारण तथा मापदण्डको कार्यान्वयन ।
- सडक योजनाको लागत अनुमान तयार तथा कार्यसम्पादनको आधारमा प्रतिवेदन तयार गर्ने ।
- कजवे, नाली, पुल, सिन्चाई, खानेपानी, पार्क लगायत पूर्वाधार निर्माण सम्बन्धी कार्य गर्ने ।
- ग्रामिण तथा कृषि सडक र सिँचाई सम्बन्धी नीति, कानून, मापदण्ड तथा सो सम्बन्धी योजना तर्जुमा कार्यान्वयन अनुगमन र नियमन कार्य गर्ने ।
- ग्रामिण तथा कृषि सडक झोलुङ्गे पुल, पलेसा, सिँचाई र तटबन्धन सम्बन्धी गरुयोजनाको तर्जुमा कार्यान्वयन मर्मत सम्भार र नियमन कार्य गर्ने ।
- सिँचाइ प्रणालिको निर्माण सन्चालन, रेखदेख, मर्मत सम्भार, स्तरोन्ति अनुगमन र नियमन कार्य गर्ने ।
- आफ्नो शाखाबाट सम्पादनहुने क्रियाकलापहरुको वार्षिक कार्ययोजना तयार गर्ने ।
- जग्गाको नाप नक्सा, कित्ताकाट, हाल साविक, रजिष्ट्रशन नामसारी तथा दाखिला खारेज गर्ने ।
- जग्गा धनी दर्ता प्रमाणपुर्जा वितरण तथा लगत व्यवस्थापन गर्ने।
- भूमिको वर्गिकरण अनुसारको लगत गर्ने।
- सार्वजनिक प्रयोजनका लागि जग्गा प्राप्ति, मुआब्जा निर्धारण तथा वितरणमा समन्वय र सहजिकरण।
- नापि नक्सा तथा जग्गाको स्वामित्व निर्धारण कार्यमा सम्नवय र सहजिकरण।
- जग्गा धनी दर्ता प्रमाणपुर्जा वितरण सम्बन्धी अन्य कार्य।
- आफ्नो शाखाबाट सम्पादनहुने क्रियाकलापहरुको वार्षिक कार्ययोजना तयार गर्ने ।
- खानेपानी र सरसफाई गुरुयोजना (WASH Planning) निर्माणमा सहयोग पुर्याउने
- खानेपानी र सरसफाई संग सम्बधित नीति तथा कार्यक्रम निर्माणमा सहयोग पुर्याउने
- पूर्ण सरसफाई (Total Sanitation ) कार्यको लागि कार्यक्रम तयार पारि कार्यान्यन गराउने
- बिद्यालय/समुदायमा स्वच्छ खानेपानी तथा पूर्ण सरसफाई को बिषयमा विभिन्न प्रकारका चेतनामुलक कार्यक्रम गर्ने
- खानेपानी र सरसफाई क्षेत्र संग सम्बधित संघ संस्था संग समन्यव गर्ने
- गाउँपालिकाको लागत साझेदारीमा संचालित सम्पूर्ण खानेपानी तथा सरसफाई आयोजनाको अनुगमन,गुणस्तर नियन्त्रण,आवश्यक सल्लाह सुझाब दिने
- गाउँपालिका भित्र संचालित/संचालन हुने खानेपानी आयोजनाको गुणस्तर(Water Quality Test)गर्ने
- गाउँपालिका द्वारा संचालित खानेपानी तथा सरसफाई संग सम्बन्धित आयोजनाको सर्बे ,लागतअनुमान तयार, अनुगमन , भुक्तानीका लागि सिफारिस गर्ने
- मासिक Staff Meeting मा प्रगति विवरण बुझाउने
- गाउँपालिकाबाट त्रैमासिक रुपमा प्रकाशन हुने स्वत प्रकाशनको लागि प्रत्येक ३/३ महिनाको कार्य प्रगति तयार गर्ने ।