FAQs Complain Problems

संक्षिप्त परिचय

सुदूर पश्चिमको वझाङ्ग जिल्ला अन्तर्गत पर्ने छान्ना क्षेत्र तथा खप्तड राष्ट्रिय निकुञ्जलाई आधार बनाइ यस गाउँपालिकाको नामाकरण खप्तडछान्ना गाउँपालिका गरिएको छ । यस क्षेत्रको उत्तरतिर गुरेल, लिंगा जस्ता अग्ला पहाड रहेका छन् । यसको दक्षिणतिर प्रकृतिको अमूल्य उपहार खप्तड राष्ट्रिय निकुञ्ज अवस्थित छ । पूर्वमा वाजुरा जिल्ला  रहेको छ ।  पश्चिममा थलारा गाउँपालिका ( विप्रा लेक) अवस्थित छ । यस क्षेत्रको बीचभाागमा नागवेली झैँ सयौं स–साना खोलानालावाट वग्ने जडारी गाड रहेको छ भने  दायाँ वायाँ वस्तीमा खेतका फाँट, साना अग्ला-होचा डाँडाहरु समेत रहेका छन् । उकाली ओराली, हरियाली तथा रमाइलो फाँटहरूका साथै निकै मनोहर  दृश्यहरूले खप्तडछान्ना गाउँपालिकाको शोभा बढाइ रहेका छन् ।२०७३ सालको राज्य पुनःसंरचना अनुसार सुदूरपश्चिम प्रदेशमा बझाङ्ग जिल्ला रहेको छ । बझाङ्ग जिल्लाको दक्षिण पूर्वी भागमा खप्तडछान्ना गाउँपालिका अवस्थित छ ।  साविकका ६ वटा गा.वि.स.हरू मिलेर यो पालिका बनेको छ । साविकका गडराय, पाटादेवल, कालुखेती, माझीगाऊँ,लामातोला र पौवागढी गाउँविकास समितिहरू समेटिएर खप्तडछान्ना गाउँपालिका बनेको छ । यस पालिकामा  ७ वटा वडाहरू रहेका छन् । यो गाउँपालिका समुन्द्री सतहवाट  ४५०० फिट गोठखोला, खैराडा देखि १४०००फि.(गुरेल विनायक). को उचाईसम्म फैलिएको छ । गाउँपालिकाको पूर्वमा बाजुरा जिल्लाको खप्तड छेडेदह गाउँपालिका, पश्चिममा  बझाङ्गकै थलारा गाउँपालिका उत्तरमा जयपृथ्वी गाउँपालिका र दक्षिणमा खप्तड राष्ट्रिय निकुञ्जको रमणीय क्षेत्रहरुले घेरेको छ । हाल यस गाउँपालिकाको  केन्द्र पसलवगर घाँटखोलामा रहेको छ । बझाग‌ंकाे तमैल बाट दक्षिण तिर सेति नदिकाे पुल तरेर याे गाउँपालिकामा पुग्न सकिन्छ । याे गाउँपालिकामा जम्मा जनस‌ंख्या १३४१९ छ जसमध्ये ६०२९ पुरुष र  ७३९० महिला छन ।