मिति २०८०|१२|०४ गते नेपालका लागि नेपालका लागि अस्ट्रेलियन राजदुत HE. Felicit Volk And Australiyan Himalayan Foundation का प्रमुख कार्यकारी Andrew Dereck Judge को स्वागत
खप्तडछान्ना गाउपालिका बझागं जिल्लाका १२ वटा स्थानियतह मध्ये एक हाे । बझागंकाे तमैल बाट दक्षिण तिर सेति नदिकाे पुल तरेर याे गाउँपालिकामा पुग्न सकिन्छ । याे गाउँपालिकाकाे पूर्व तिर बाजुराकाे दाेगडि रहेकाे छ , पश्चिम तिर थलारा गाउँपालिका छ त्यसै गरी उत्तर तिर जयपूथ्वि नगरपालिका रहेकाे छ भने दक्षिण तिर खप्तडराष्टिय निकुञ्ज रहेकाे छ । जम्मा सात वटा वडा कार्यलय भएकाे याे गाउँपालिकाे काे केन्द्र विन्दु वडा नं ४ काे घाटखाेलामा रहेकाे छ । याे गाउँपालिकामा जम्मा जनसंख्या १५८९३ छ जसमध्ये ७१५० पुरुष र ८७४३ महिला छन ।