सुदूर पश्चिमको वझाङ्ग जिल्ला अन्तर्गत पर्ने छान्ना क्षेत्र तथा खप्तड राष्ट्रिय निकुञ्जलाई आधार बनाइ यस गाउँपालिकाको नामाकरण खप्तडछान्ना गाउँपालिका गरिएको छ । यस क्षेत्रको उत्तरतिर गुरेल, लिंगा जस्ता अग्ला पहाड रहेका छन् । यसको दक्षिणतिर प्रकृतिको अमूल्य उपहार खप्तड राष्ट्रिय निकुञ्ज अवस्थित छ । पूर्वमा वाजुरा जिल्ला रहेको छ । पश्चिममा थलारा गाउँपालिका ( विप्रा लेक) अवस्थित छ । यस क्षेत्रको बीचभाागमा नागवेली झैँ सयौं स–साना खोलानालावाट वग्ने जडारी गाड रहेको छ भने दायाँ वायाँ वस्तीमा खेतका फाँट, साना अग्ला-होचा डाँडाहरु समेत रहेका छन् । उकाली ओराली, हरियाली तथा रमाइलो फाँटहरूका साथै निकै म